नयाँ गायन प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको सिक्किम आइडल इन्टरनेशनल सिजन–३ को अडिशन आगामी ३ दिसम्बरमा दार्जीलिङमा हुने भएको छ। आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिभाहरूका लागि अनलाइन अडिशनसमेत २५ नोभेम्बरसम्म खुला रहनेछ। १५ वर्षमाथिका सबै उमेर समूहका प्रतिभाहरूले यस प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभामध्ये प्रथम हुनेले १० लाख, दोस्रो हुनेले ५ लाख र तेस्रो हुनेले ३ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी, प्रतियोगिताको ग्रान्ड फिनाले सन् २०२७ को फरवरी महिनामा आयोजना गर्ने तयारी रहेको आयोजक समितिले जनाएको छ।

More Stories
Rescue Operation Underway for 25 Workers Trapped in Sikkim NHPC Tunnel; Two Dead
Sikkim Elevates Adventure Tourism with Inaugural Rhenock Paragliding Championship
Meghalaya seizes control with a strong first-innings lead over Sikkim in the Ranji Trophy 2025–26